तुलसीपुर, चैत ३ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रारम्भिक मत परिनाम सार्वजनिक भएको छ ।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै छ ।
१३८१ मत गणना गरि सक्दा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ५७० मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिका संयोजक प्रदीप धितालका अनुसार चुनाब चिन्ह भण्डारीको अग्रता कायमै छ ।
भण्डारीलाई नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले पच्छयाइ रहेका छन् । शर्माले ४२८ मत प्राप्त गरेका छन् । भण्डारी शर्मा भन्दा १४२ मतान्तरले अगाडि छन् ।
त्यस्तै अर्का उम्मेदवार नेकपा एमालेका उम्मेदवार मनोज लामिछानेले २९३ मत प्राप्त गरेका छन् ।
खानेपानीको उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्माको अग्रता कायमै छ । शर्माले ५५० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसी ३९७ र माओबादीका दुर्गाप्रशाद भण्डारीले २१० मत प्राप्त गरेका छन् ।
पछिल्लो समय सचिव पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले ५०८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार भुवन भुसालले ४५४ मत प्राप्त गरेका छन् ।
यसअघि ९११ मत गन्दासम्म भुसाल शर्मा भन्दा १६ मतले अगाडि थिए । १३८१ मत गणना हुँदा शर्माले उछिनेका छन् । सचिव पदमा माओबादी केन्द्रका रुद्रबहादुर वलीले १८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै १३८१ म्त गणना हुँदा कोषाध्यक्ष पदमा पनि काँग्रेसका भोला थापा अगाडि छन् । उनले सुरुदेखि नै प्रतिष्पर्धी भन्दा अग्रता बढाउँदै लगेका छन् । थापाले ६०५ मत प्राप्त गर्दा
एमालेकी सुशिला न्यौंपानेले ३५९ र माओबादीका कर्णबहादुर वलीले २१३ मत प्राप्त गरेका छन् ।
सदस्यहरु तर्फ भने ९११ मत गणना हुँदा पछिको परिनाम सार्वजनिक भएको छैन । त्यो परिनाम आउँदाको बखत काँग्रेसकै उम्मेदवार अगाडि थिए । महिला सदस्य तर्फ पनि हालसम्म नेपाली काँग्रेसकै उम्मेदवारको अग्रता छ ।
निर्वाचन समितिका संयोजक धितालका अनुसार सुष्मा अधिकारीले ३२७, लुमा बुढा मगरले ३०१ र शारदी सार्कीले २६३ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्य तर्फपनि नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २७९ र बुद्धिराम चौधरी २५७ मत प्राप्त गरेका छन् ।
रातिदेखि मतगणना जारी छ ।
शनिबार भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ९८ मत खसेको थियो । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए ।
निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् ।