२०८१ चैत्र १२ गते मङ्गलवार

काँग्रेस जन एक ढिक्का भए कुनै शक्तिले हराउन सक्दैन – देउवा

दाङ,माघ २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र बलियो एकता हुन सके कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताएका छन् ।

उनले पार्टी भित्र बलियो एकता जरुरी रहेको बताउँदै कार्यकर्ताहरुलाई एक हुन निर्देशन दिए ।

कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सभापति देउवाले भने ‘हामी मिले हामीलाई कसैले पनि हराउन सक्दैन, पार्टी भित्र एकता हुन जरुरी छ ।’

उनले पार्टी भित्र बलियो एकता कायम हुन सके कुनै पनि निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गरे ।

पार्टीलाई बलियो बनाउनका लागि विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरु एक बन्नु पर्ने समेत देउवाले बताए । उनले दाङमा रहेको विमानस्थल स्तरबृद्धि अपरिहार्य रहेको समेत बताए ।

साथै तुलसीपुरमा रहेको बिमानस्थल स्तरबृद्धिका लागि विज्ञहरुसंग परामर्श गर्ने भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओली संग यसबारेमा आफूले छलफल गर्ने समेत बताए ।

‘दाङमा ठूला जहाज उडानका लागि यहाँको बिमानस्थललाई बिस्तार गर्न जरुरी छ , दाङका लागि यो निकै आवश्यक छ,’ सभापति देउवाले भने ‘विमानस्थल स्तरबृद्धिका लागि मैले विज्ञहरुसंग छलफल गर्छु र अहिलेका प्रधानमन्त्रीले पनि भनेको मान्नु हुन्छ भन्नेमा म बिश्वस्त छु ।’

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले सबै वर्ग समुदायलाई अधिकारको प्रत्याभूत हुने गरि काम रिनु पर्ने बताए ।

हरेक नागरिकलाई समान अधिकार दिइनु पर्ने भन्दै देउवाले कसैलाई पनि पक्ष वा विपक्षमा राख्न नहुने बताए ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *