२०८२ असार २७ गते शनिवार

प्यूठानका ६८ बर्षे बृद्धको हत्या – एक महिला र पुरुष पक्राउ

दाङ, माघ २० । प्यूठानको गौमुखी गाउँपालिका – ५ का ६८ बर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा एक महिला र पुरुष पक्राउ परेका छन् ।


गौमुखी – ५ खुङ्गका ५२ बर्षीय लोकबहादुर गिरी र स्थानीय ५० बर्षीया जेदु न्यौपाने पक्राउ परेका छन् । उनीहरु नाताले बहिनी ज्वाँइ र दिदी सासु हुन ।


आज बिहान ३ बजेतिर प्रहरीले गिरीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खंलगा पु¥याएको थियो । न्यौंपानेलाई भने प्रहरीले अघिल्लो दिन नै पक्राउ गरि सकेको थियो ।


उपाध्यायाको शब शुक्रबार बिहान ९ बजेतिर खुमबाट नारिकोट जाने कवुलियति वनको भित्री बाटोमा शब फेला परेको थियो ।
उपाध्यायको टाउको र अनुहारमा गहिरो घाउ खत थियो । प्रहरीका अनुसार उपाध्यायको हत्या माघ १७ गते राति नै भएको हो ।


पक्राउ परेकी महिला र पुरुषले मिलेर उपाध्यायको हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको घटना अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले बताए ।


‘महिलाको धेरै जना ब्यक्तिहरु संग सम्पर्क रहेको खुल्छ,’ ती अधिकारीले भने ‘ हत्याको अघिल्लो दिन राति उपाध्यायले पनि फोन ती महिलालाई सम्पर्क गरेको देखिन्छ ।’ उपाध्यायले फोन सम्पर्क गर्दा पक्राउ परेका पुरुष पनि संगै थिए । त्यही भएर उनीहरुले हत्याको योजना बुनेका थिए ।

सोही योजना अनुसार उपाध्यायलाई शुक्रबार बिहान ठाडढुँगा कबुलियती वनको भित्री गोरेटो बाटोमा महिलाले बोलाएकी थिइन ।

महिलाले बोलाएको ठाउँ तर्फ हिडि रहँदा उपाध्यायमाथि आक्रमण गरि हत्या गरेपछि उनीहरु भागेको ती अधिकारीले बताए । उपाध्याय घरदेखि डेढ किलोमिटर दक्षिण गोरेटो बाटोमै मृत अवस्थामा फेला परेका थिए ।


‘महिलाको बिभिन्न ब्यक्तिसंगको सम्पर्ककै कारण हत्या भएको खुल्छ,’ ती अधिकारीले भने ‘ मध्यराति मात्रै एक जनालाई पक्राउ गरि जिल्ला ल्याइएको हो । थप अनुसन्धान हुन बाँकी छ ।’

जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ परेका महिला र पुरुषलाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *