दाङ, पुस २८ । बर्दियामा फेरि बाघले एक महिलाको ज्यान लिएको छ ।
बाख्रा चराउन गएकी ठाकुरबाबा नगरपालिका –७ की ५० वर्षीया पदमकला थापाको पाटे बाघको आक्रमणमा परि मृत्यु भएको हो।
ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा बाख्रा चराउन गएकी थापालाई आइतबार दिउँसो बाघले आक्रमण गरेको थियो ।
बाघले थापालाई आक्रमण गरेपछि संगै रहेका अन्य स्थानीय भागेर ज्यान जोगाउन सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार