२०८३ मङ्सिर ९ गते मङ्गलवार

हुम्ला दुर्घटनाका वेपत्ताहरुको अवस्था अझैं अज्ञात

हुम्ला, असार ४ । हुम्लामा यात्रुबहाक जीप कर्णाली नदीमा खस्दा व्यपत्ता भएका १० जनाको अवस्था अझैं सम्म अज्ञात नै छ। हुम्लाको सिमीकोटबाट खार्पुनाथ गाउँपालिकाको केन्द्रतर्फ जान लागेको लु १ प ७१६६ नम्बरको जीप मंगलबार दिउँसो साढे १२ः३० बजेतिर खार्पुनाथ गाउँपालिका– ५ कैलाबालुस्थित कर्णाली नदीमा खसेको थियो । बुधवार विहान ११ बजेसम्म यात्रु र जीप फेला पार्न सकिएको छैन ।

उक्त जीपमा गाउँपालिका उपाध्यक्ष सिन्धु शाही, खार्पुनाथ गाउँपालिका–५ की १८ बर्षीया वसन्ती शाही, खार्पुनाथ–४ की २७ बर्षीया डुकु भण्डारी, २४ बर्षीय चन्द्र हमाल, सिमीकोट गाउँपालिका–८ का जीप चालक मणिजंग शाही, खार्पुनाथ–५ का १३ बर्षीय नन्दादेवी सिंह, १२ बर्षीय गोकुल सुनार, खार्पुनाथ–१ की २४ बर्षीया कौडा परियार, उनका दुई वर्षका छोरा छोरा रहेका छन् ।

यसैबीच बुधवार विहान नेपाली सेना र प्रहरीले खोज तलास गर्ने क्रममा गाउँपालिका उपाध्यक्षको झोला र अन्य कपडा फेला परेको छ । यसैबीच केही बेरमा व्यपत्ताहरुको खोजीको लागि नेपाली सेनाको हेलिकोप्टरसहित गोताखोरको थप टोली आउने जानकारी दिइएको छ ।

योपनि पढ्नुहोस 

कर्णालीमा जीप दुर्घटना गाउँपालिका उपाध्यक्षसहित १५ जना वेपत्ता

 

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *