२०८२ मङ्सिर २२ गते सोमवार

कर्णालीमा जीप दुर्घटना गाउँपालिका उपाध्यक्षसहित १५ जना वेपत्ता


हुम्ला, असार ३ ।
हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा यात्रुबहाक जीप खस्दा गाउँपालिकाको उपाध्यक्षसहित १५ यात्रु वेपत्ता भएका छन् । उक्त दुर्घटनामा परि हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना यात्रु वेपत्ता भएका हुन् ।

उक्त जीपमा सवार मध्य चन्द्र हमाल, चालक मणिराज शाही, वसन्ती शाही, नन्ददेवी सिंह, ढुक्पु भण्डारीको नाम खुलेको छ । हुम्लाको सिमीकोटबाट खार्पुनाथ गाउँपालिकाको केन्द्रतर्फ जान लागेको लु १ प ७१६६ नम्बरको जीप मंगलबार दिउँसो साढे १२ः३० बजेतिर खार्पुनाथ गाउँपालिका– ५ कैलाबालुस्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

वेपत्ताहरुको खोजीको लागि नेपाली सेना र नेपाल प्रहरीलाई परिचानल गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *