२०८३ असार २८ गते आइतवार

बाबुको हत्या पछि फरार छोरा पक्राउ


दाङ, मंसिर ११ । बाबुको हत्या गरि फरार भएका छोरा तीन दिन पछि पक्राउ परेका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – १० घारीखोलाका २० बर्षीय वीरबहादुर खत्री मंगलबार बिहान गाउँबाटै पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।


आइतरबार बेलुकी छोरा बीरबहादुरले बुवा ५० वर्षीय दर्वे खत्रीको पेटमा चक्कु प्रहार गरि हत्या गरेका थिए ।
हत्या पछि फरार रहेका छोरालाई गाउँमै लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज पोख्रेलले जानकारी दिए ।


छोराको चक्कु प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएको थियो ।

यो पनि :- चक्कु प्रहार गरि बाबुको हत्या गर्ने छोरा खोज्न प्रहरी परिचालन

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *