२०८१ मङ्सिर १९ गते बुधवार

अनि पक्राउ परे ट्रक चालक

दाङ, असोज २४ । एक जना चालकलाई कपिलबस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।
मापदण्ड बिपरित यातना दिएर गोरु ट्रकमा खाँदेर ओसार पसार गरेको पाइएपछि ना ६ ख ३७०८ नम्बरको ट्रक चालक २६ बर्षीय कमल धामी पक्राउ परेका हुन । उनी बाराको निजगढ नगरपालिका – ४ का हुन ।

ट्रक चेकजाँचका क्रममा प्रहरीले शुक्रबार बेलुकी ७ बजेतिर कपिलबस्तुको शिवराज नगरपालिका – ७ स्थित चन्द्रौटा – कृष्णनगर सडक खण्डको जवाभारी भन्ने स्थानवाट धामीसहित ट्रक नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले धामीलाई सात दिन हिरासतमा राखेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० को (१) बमोजिम कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरि सकेको छ ।

धामीले चलाएको ट्रकमा २१ वटा गोरु बाँधेर राखेको अवस्थामा फेला परेका थिए । सबै गोरुहरुको पुच्छर ट्रकको छतमा डोरीले बाँधेर झुण्ड्याएको थियो भने डोरीले छेडेका नाकबाट रगत निस्किएको अवस्था थियो ।

त्यस्तै खट्टा बाँधेर पल्टाएको , त्रिपालले पुरै ट्रक ढाकेर स्वास–प्रश्वासमा अबरोध पु¥याएको अवस्था थियो ।
त्यस्तो अवस्थामा गोरु फेला पारेपछि ट्रक र चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनमनी अधिकारीले बताए ।

‘पशुलाई क्रुर याताना दिएर मापदण्ड विपरित एक ठाउँवाट अर्कौ ठाउँमा ओसार पसार गरी पशु पंक्षीमाथि निर्दही ब्यबहार गरेको पाइयो,’ अधिकारीले भने ‘ पशुमाथि अमानविय ब्यबहार गरेको हुँदा चालकलाई नियन्त्रणमा लिनु परेको हो ।’

ट्रकमा मापदण्ड बिपरित ओसार पसार गरिएका २१ वटा गोरुलाई बाँधेका सबै डोरीहरु काटेर प्रहरीले जवाभारीको सार्वजनिक जंगलमा छोडेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *