दाङ, कात्तिक १२ । कपिलबस्तु प्रहरीले कतब्र्यज्यान मुद्दाका एक जना फरार प्रतिबादीलाई १२ बर्षपछि पक्राउ गरेको छ । जिल्लाको बुद्धभूमी नगरपालिका – १० का महुवाका ३० बर्षीय रामप्रशाद कोरी आइतबार आफ्नै घर वाट पक्राउ परेका हुन ।
कतब्र्य ज्यान मुद्दामा जिल्ला अदालत कतिलबस्तुले २०८० ÷ ०२÷०१ गते २० बर्ष कैद सजाएको फैसला सुनाएको थियो । कोरी बिगतदेखि नै फरारको सूचिमा रहँदै आएका थिए ।
जिल्लाका प्रहरी कार्यालय कपिलबस्तुका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले पक्राउ पछि कोरीलाई जिल्ला अदालत उपस्थित गराइएकोमा अदालतको आदेशले कारागार चलान गरिएको जानकारी दिए ।
झन्डै १२ बर्ष पहिले २०६९÷१२÷१० गते रामप्रशाद कोरीले बुद्धभूमी नगरपालिका – ६ लक्ष्मीपुरकी २५ बर्षीया मान्ती कोरीलाई हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
मान्तीका श्रीमान रामदिन कोरीले छोरा रामप्रशाद कोरी, उनका बुवा सुख्खन कोरीसहित एकै परिवारका चार जनालाई प्रतिबादी बनाइ किटानी जाहेरी दिएका थिए । ती मध्य हालसम्म बुहारी लक्की कोरी फरार रहेको र बर्षाती कोरीको मृत्यु भइ सकेको प्रहरी निरीक्षक विश्वकर्माले फरककोणलाई बताए ।
मान्तीको हत्या भएकै दिन घटनास्थलबाटै सुख्खन कोरी पक्राउ परेका थिए । त्यसयता उनी कारागारमा बन्दी जिवन बिताइ रहेका छन् । सामान्ने घरायसी झगडामा एकै घर परिवारका चार जना मिलेर लाठी र धारिलो हतियार प्रहार गरि मान्तीको हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।
मान्ती हत्याको घटनाकी फरार प्रतिबादी लक्की कोरीको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
