दाङ, कात्तिक ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई पक्राउ गरि प्रहरीले रातारात कास्कीको पोखरा पु¥याएको छ ।
सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले शुक्रबार बेलुका काठमाडौंस्थित पार्टी कार्यालयवाट लामिछानेलाई पक्राउ गरेको थियो । पक्राउ पछि लामिछानेले आँफुलाई हवाइ नभइ स्थलमार्ग बाट कास्की लैजान आग्रह गरेपछि प्रहरीले रातारात लामिछानेलाई लगेको हो ।
शनिबार बिहान पौने ३ बजेतिर लामिछानेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पु¥याएको थियो । त्यहाँ वाट लामिछानेको स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर फेरि जिल्ला प्रहरी कार्यालय फिर्ता ल्याइ प्रहरीले हिरासतमा राखेको थियो ।
रास्वपा सभापति लामिछानेलाई काठमाडौंवाट पोखरा लैजाने क्रममा रास्वपातका नेता कार्यकर्ताले बाटोहरुमा ठाँउ ठाउँमा भेला भएका थिए । उनीहरुले नारावाजी गर्दै अवरोधहरु सृजना गर्न खोजेपनि प्रहरीले रबिलाई रातारात पोखरा पु¥याएको हो ।
राति पोखरामा रबिको स्वास्थ्य चेकजाँच गरि अस्पतालबाट प्रहरी कार्यालय फिर्ता ल्याउँदै गर्दा प्रहरी कार्यालयकै अगाडि रास्वपा उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल लगायत नेता कार्यकर्ता भेला भइ रविको पक्षमा नाराबाजी गरेका थिए । अब रास्वपा सभापति रबिका विरूद्ध सहकारी ठगी प्रकरण र संगठित अपराध सम्बन्धि कसुरमा थप अनुसन्धान सुरु हुने भएको छ ।
यो भन्दा पहिला सहकारी संस्थाको बचत रकम दुरूपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले सहकारी बचत रकम अपचलनमा संलग्न रहेको निष्कर्षका साथ संसदीय छानबिन समितिले रबिलाई कारबाहीको सिफारिस गरेको थियो ।
संसदीय समितिले सोही आशयका साथ भदौ ३१ गते प्रतिनिधि सभामा उक्त प्रतिवेदन पेस गरेको थियो।
सोही प्रतिबेदनका आधारमा गृहमन्त्री रमेश लेखकले असोज ६ गते सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देश गरेका थिए ।
सोही निर्देशनका आधारमा सोही दिन प्रहरीले गोर्खा मिडियाका तत्कालीन सदस्य पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो । त्यसपछि असोज १५ गते लीला पछाइलाई पक्राउ परेका थिए ।
संसदीय छानविन समिमितिको प्रतिवेदनअनुसार विभिन्न सहकारीका रकम गोर्खा मिडियामा गलत तरिकाले ल्याइएको थियो । जतिखेर गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक रबि थिए । उनैले हस्ताक्षर गरि गोर्खा मिडियाका नाममा करोडौं रकम निकासा गरेका थिए ।
२०८० वर्ष माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी बचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबिसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । त्यसलै शुक्रबार बेलुका पक्राउ परेका रबिसहित यसअघि पक्राउ परेका गोर्खा मिडियाका पदाधिकारी सबैलाई सहकारी ठगी प्रकरण सम्बन्धी थप अनुसन्धान गर्न कास्की लगिएको हो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत गरेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले यसअघि नै निष्कर्ष निकाली सकेको थियो ।
उक्त सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत केही अझै फरार नै छन् ।
सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा पठाइ सकिएका छन् ।