दाङ ,असोज २८ । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
आइतबार बेलुकी गुलरिया नगरपालिका – ८ का ४० बर्षीय बलराम लोध गोली प्रहारबाट घाइते भएका छन् । जिल्ला अस्पताल गुलरियाको उपचार पछि घाइते लोधलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नरसिंहहोममा लगेर उपचार भइ रहेको छ ।
आइतबार बेलुकी साढे ६ बजेतिर खेतमा काम गरि रहेको समयमा आँफुमाथि भारतिय वन रक्षकले गोली प्रहार गरेको घाइते लोधले बताएका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराम घर्ती मगरले घटना बारे अनुसन्धान जारी रहेको तथा भारतीय सुरक्षाकर्मी संग बुझ्न थालिएको बताए ।
प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार