२०८३ असार २७ गते शनिवार

मलद्धारमा लुकाएको ब्राउन सुगर बरामद घटनामा दुई जना पक्राउ

छुटाउन घुस बुझेका युवकपनि पक्राउ



दाङ, असोज २२ । बाँके प्रहरीले मलद्धारमा लुकाएर प्रतिबन्धित लागु औषध ब्राउन सुगर ओसार पसार घटनामा संलग्न युवालाई छुटाउने आश्वसान दिएर रकम अशुल्ने ब्यक्तिलाई पक्राउ गरेको छ ।


सुर्खेतको गुर्भाकोट नगरपालिका – ६ का २९ बर्षीय प्रकाश केसीले मलद्धारमा लुकाएर ओसार पसार गर्दै गरेको ब्राउन सुगर ८ ग्राम ५०० मिली ग्राम प्रहरीले बरामद गरेको थियो ।

यो घटना गत असार १३ गते हो । नेपालगञ्ज उपमहानगरपालिका – १५स्थित जमुना नाकाबाट बेलुका साढे ६ बजेतिर भे ७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनी पक्राउ परेका थिए । केसी संगै भारतिय नम्बर प्लेटको यूपी ४० एल १४९९ नम्बरको मोटरसाइकलमा भारतिय नागरिक दीपक श्रीवास्तव पक्राउ परेका थिए ।


भारतिय नम्बर प्लेटमा सवार ब्यक्तिहरु नरोकी फरार भएपछि पिछा गर्दै गएको प्रहरीले नेपालगञ्ज – १० गणेशमान चोकबाट श्रीबास्तबलाई पक्राउ गरेको थियो ।


असार १४ गते प्रहरीले मुद्दा नं. २७ मा मुद्दा दर्ता गरि थप अनुसन्धान अगाडि बढाएको थियो । यो बीचमा नेपालगञ्ज – १५ का राजेन्द्रकुमार गुप्ताले भारतिय नागरिक श्रीवास्तवलाई छुटाइदिने आश्वासन दिएर भारतिय रुपैंया तीन लाख ७० हजार घुस लिएका हुन्छन् ।


श्रीवास्तवका परिवारले छोरा छुटाइदिने आश्वासन दिएर गुप्ताले लगेको पैंशावारे बाँकेका प्रहरी प्रमुखलाई अवगत गराएपछि सोमबार प्रहरीले गुप्तालाई हालसालै पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका गुप्ताले आँफुले अनुचित लेनदेन गरेको स्वीकार गरेको प्रहरी बताउँछ ।
गुप्ताले असोज २० गते आइतबार मात्रै एक लाख ५० हजार भारतिय रकम भने फिर्ता गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *