२०८३ असार २७ गते शनिवार

तुलसीपुरमा हाइमाष्ट लाइटमा बिद्युत जडान गर्न उपमहानगरले धरौटी र मिटरको पैंशा बुझायो


तुलसीपुर, असोज २२ । तुलसीपुरमा स्थापना गरिएका चार वटा ‘हाइमाष्ट लाइट’ मा अब भने बिद्युत जडान हुने भएको छ । स्थापनाको झन्डै ५ महिना पछि मात्रै बिद्युत जडान हुने भएको हो ।


तुलसीपुर उपमहागनरपालिकाका मेयर टीकाराम खड्काले हाइमाष्ट लाइटमा बिद्युत जडानका लागि आवश्यक पैंशा बिद्युत कार्यालयलाई बुझाइ सकिएको फरककोणलाई बताए ।


पैंशा बुझाएको हुँदा सोमबार नै बिजौरीस्थित हाइमाष्ट लाइटमा भने बिजुली बत्ती जडान भइ सकेको थियो । बिद्युत प्राधिकरण तुलसीपुरका प्रमुख शिवनारायण गोसलीले पनि उपमहानगरपालिकाले हाइमाष्ट जडानका लागि आवश्यक धरौटी र मिटरको पैंशा बुझाइ सकेको हुँदा अब तत्काल बिद्युत जडान हुने जानकारी दिए ।


‘उहाँहरुलाई हामीले मिटर बक्स राख्ने बक्स बनाइदिनुहोस भनेका छौं,’ गासलीले भने ‘ उहाँहरुले बनाइ रहेका छौं भन्नु भएको छ र त्यो बक्स आजै तयार भए हाइमाष्ट लाइटमा बिजुृली बत्ती आजै जडान हुन सक्छ ।’
हाइमाष्ट लाइटमा बिजुली बत्ती जडान भए रातिको समयमा तुलसीपुर बजार थप उज्यालो र सुरक्षित हुने आशा गरिएको छ ।


तुलसीपुर उद्योग बाणिज्य संघको तत्कालिन महासचिव विनिल केसीको पहलमा लुम्बिनी प्रदेश सरकारको झन्डै ५१ लाख बढी बजेटबाट तुलसीपुरको गुम्ह्राचोक, बीरेन्द्र चोक, हात्तीखौवा चोक र बिजौरी चोकमा गत बर्षको सुरुवातमै हाइमाष्ट लाइट स्थापना गरिएका थिए ।


ढिलै भएपनि दशैं अगाडि हाइमाष्ट लाइटमा बिद्युत जडान भए त्यसले थोरै भएपनि तुलसीपुर बजार बासीमा आशा जागृत हुने आशा गरिएको छ ।

यो पनि पढ्नुहोस :- अब छिट्टै तुलसीपुरका हाइमाष्ट लाइटमा बिजुली जडान हुन्छ – मेयर टीकाराम खड्का

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *