२०८३ असार २८ गते आइतवार

दुई युवक ८ केजी अफिमसहित पक्राउ

दाङ, असोज २१ । रुकुम पश्चिमका दुई युवा आठ केजी अफिमसहित पक्राउ परेका छन ।


आठबिसकोट नगरपालिका – २ स्यालाका ३५ बर्षीय अजय यरी र मुसिकोट नगरपालिका – ९ बालचौर घर भइ वडा नं. ५ को सेरीगाउँ बस्ने ३६ बर्षीय भिमबहादुर वली आठ केजी एक सय ग्राम अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।


मुसिकोटको सेरीगाउँदेखि ज्याम डाँडा तर्फ पैदल जाँदै गरेका उनीहरुको साथवाट चेकजाँचका क्रममा ठूलो परिमानमा अफिम फेला परेको शाहीले जानकारी दिए ।


असोज १८ गते मध्यराति चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका थिए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *