२०८३ असार २७ गते शनिवार

घाइते कार्यालय सहयोगी बिकको उपचारका क्रममा मृत्यु


दाङ, असोज १८ । मोटरसाइकलको ठक्करबाट घाइते लमही नगर विकास समितिका एक जना कार्यालय सहयोगीको उपचारका क्रममा मृत्यु भएको छ ।


जिल्लाको लमही नगरपालिका–६ कुलामोहरका ४६ बर्षीय मंगल विकको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले बताए ।

बिहिबार पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको बिक सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते विकलाई लमहीको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहोलपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा बिहीबार बेलुकी पख मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक लमही नगरपालिका–८ का २२ बर्षीय एरोन चौधरी प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *