२०८१ असोज २९ गते मङ्गलवार

विभिन्न दुर्घटनामा पाँचजना घाइते

दाङ, असोज २ । तुलसीपुर क्षेत्रमा भएका दुई फरक दुर्घटना पाँचजना घाइते भएका छन् । बुधबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा ट्याक्टरले ठक्कर दिदा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–३ घर भई हाल खर्चवामा कोठा भाडामा बस्दै आएकी २२ बर्षीया सोनीया खत्री घाइते भएकी छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका उपचार जारी छ ।

पैदल यात्री खत्रीलाई तुलसीपुर बजारतर्फ खाउँदै गरेको रा १ त १६०१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । उनको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् । ट्याक्टर चालक तुलसीपुर–६ का ५० बर्षिय लोकबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथवाट सवारी चालक अनुमतिपत्र फेला नपरेको पनि प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–२ लौबस्तामा दुई मोटरसाइकल आपसमा ठोक्किदा चारजना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ४ प ३०९३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको रा ८ प ३८२७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा चारजना घाइते भएका छन् ।

घाइते हुनेमा रा ४ प ३०९३ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–२ कुमलगडीका २४ वर्षिय मनोज चौधरी, रा ८ प ३८२७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–९ बेलुवाका २४ वर्षिय संजिव चौधरी, सोही मोटरसाइकलमा सवार सोही ठाउँका २२ बर्षिय दिलबहादुर चौधरी र सोही मोटरसाइकलमा सवार बेलुवाकै २४ बर्षिय कृष्ण चौधरी घाइते भएका छन् ।

घाइते सबैलाई खुट्टामा चोट छ भने दिलबहादुर चौधरीको दायाँ खुट्टा घुँडामुनिबाट चुँडिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए । घाइते सबैको अवस्था मध्यम रहेको र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि सबैलाई नेपालगञ्जस्थित नरसिंहहोममा रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताए । यो दुर्घटना असोज १ गते दिउँसो १ बजेतिर भएको थियो । प्रहरीले बुधबार मात्रै यो दुर्घटनाबारे जानकारी दिएको हो ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *