२०८३ मङ्सिर ११ गते बिहिवार

श्रीमतिसंगै होटेलमा बसेका २२ बर्षीय बिशाल मृत फेला

तुलसीपुर, भदौ २७। तुलसीपुर उपमहागनरपालिका – ७ का २२ बर्षीय एक युवक होटेलमा मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर – ५ बसपार्कस्थित न्यू सागर गेष्ट हाउसको कोठमा भित्र तुलसीपुर का – ७ का २२ बर्षीय बिशाल सुबेदी झुण्डिएको अवस्थामा बुधबार बेलुकी पख मृत फेला परेका हुन ।

बिशाल भदौ २४ गते श्रीमति एञ्जिला भण्डारीका साथमा सोही होटेलमा बस्दै आएका थिए । श्रीमति एञ्जिला होटेलको बाल्कोनीमा निस्किएको समयमा बुधबार बेलुकी साढे ४ बजेतिर बिशालले झुण्डिएर आत्महत्या गरेको कुरा प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।


बिशालले घोराहीकी एञ्जिलासंग गत बैशाखमा मात्रै बिहे गरेका थिए । तर, उनीहरुको बिहेलाई आफन्त स्वीकार गरेको थिएन । त्यसैले उनीहरु घर तथा आफन्तकोमा नगइ बाहिर बाहिरै बस्दै आएका थिए ।
पछिल्लो समय उनीहरु छिमेकी देश भारतवाट फर्किएको १५ ÷ १६ दिन अघि मात्रै घर फर्किएका थिए । उनीहरु यो बीचमा कहिले साथीकोमा र कहिले कतै आश्रय लिदै बस्दै आएका थिए । पछिल्लो समय भने उनीहरु दुई दिन पहिले मात्रै उक्त होटेलमा बस्न गएका थिए ।


बिशालको घरमा बुवा आमा कोही छैनन् । बिशालकी आमाको मृत्यु भइ सकेको र बुवा अर्कौ श्रीमतिका साथ छिमेकी देश भारतमा बस्दै आएको प्रहरी बताउँछ । बुवा आमा नभएपनि नजिकका आफन्त पर्ने मध्यका अन्यले उनीहरुलाई स्वीकार्न तयार नभएपछि बिशाल तनाबमा थिए ।


श्रीमान र श्रीमतिका बीचमा कुनै खटपट वा झैं झगडा भएको कुरा नखुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ‘ आफन्तले घरमा स्वीकार नगरेकै कारण बिशाल तनाबमा थिए भन्ने श्रीमतिको वयानवाट खुल्छ,’ एक प्रहरी अधिकारीले भने ।

फुफाजु बिष्णुप्रशाद भट्टराईले इप्रका तुलसीपुरमा विशालका सदगतिको लागि निबेदन दिएका छन् । बिहीबार उनको पोष्टमार्टम गरिदै छ । घोराहीवाट माइतीघरका मानिसलाई बोलाएर एञ्जिलालाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *