२०८१ भाद्र २३ गते आइतवार

मलईमा बँदेलको आक्रमण बाट एकजना गम्भीर घाइते

तुलसीपुरको राजापुरमा तीन बाख्रा बाघले मारिदियो

तुलसीपुर, भदौ १७ । दाङको मलईमा जंगली बँदेलको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन ।
पश्चिम दाङको बबई गाउँपालिका – ७ मलईका ३५ बर्षीय रेशम बाँठा मगरलाई मकै बारीमा बँदेलले आक्रमण गरेको थियो ।

मकै बारीमा आएका बँदेलको बथान धपाउने भनेर गएका मगरलाई जंगली बँदेलले बुधबार विहान ३ बजेतिर आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट मगरको ओठ, मुखका साथै हात, खुट्टामा गहिरो घाउखतहरु लागेका छन् ।
घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइ रहेको छ । प्रहरीले भने घटनाबारे अनभिज्ञता प्रकट गरेको छ ।

बारीको मकै खान आएका जंगली बँदेलका बथान धपाउन मगरका साथै अन्य स्थानीयपनि बारीमा पुगेका थिए । त्यही क्रममका एउटा बँदेलले मगर माथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका बँदेल मलई लगाएका गाउँमा पसेर मकै लगाएतका बाली नष्ट पार्दै आएका छन् ।

मंगलबार दिउँसो मात्रै जिल्लाको तुलसीपुर उपमहानगरपालिका – ७ राजापुरमा तीन वटा बाख्रा बाघले मारेको थियो । खेत नजिकै स्थानीयले चराउन लगेका बाख्रा दुई वटा बाघले मारिदिएको स्थानीयले बताएका छन् ।


प्रहरीले भने यो घटना बारेपनि अनभिज्ञता प्रकट गरेको छ । राजापुर टोल बिकास संस्थाका अध्यक्ष हिमु नेपालीले स्थानीय लिला पहाडीका तीन वटा बाख्रा दिउँसो बाघले मारिदिएको बताए ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *