२०८१ भाद्र २३ गते आइतवार

तुलसीपुर– ६ का वडाध्यक्ष भण्डारीलाई ज्यानको धम्की

तुलसीपुर, भदौ १८ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारी (बर्षात)लाई ज्यान मार्ने धम्की आएको छ ।

मंगलबार बिहान वडा कार्यालयमा पत्रकार सम्मेलन गरि वडाध्यक्ष भण्डारीले आँफुलाई इण्डियाबाट निरन्तर फोन गरि ज्यान मार्ने धम्कि आएको बताएका हुन । वडासदस्य यमराज केसीलाई पनि इण्डियाको गुहावाट ज्यान मार्ने धम्कि आउने गरेको छ ।

तुलसीपुरको गौरवको योजना अन्तरगत तुलसीपुर – ६ को तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने (मदन आश्रित) सडक निर्माणको क्रममा एक जना स्थानीयको घरको पर्खाल भत्काएपछि भएको बिबादका कारण आँफु निरन्तर इण्डियाको गुहावाट ज्यानको धम्कि आइ रहेको भन्दै वडाध्यक्ष भण्डारीले सुरक्षाको माग गरेका हुन ।

नक्सा अनुसार सडक ८ मिटर चौडाइको निर्माण गर्न भन्दै साउन २९ गते स्थानीय इलिजा वली डाँगी र जागेश्वर डाँगीको घरको पर्खाल वडा अध्यक्षसहित पुगेका जनप्रतिनिधिले डोजर लगाइ भत्काइ दिएका थिए । त्यसपछि साउन ३० गतेदेखि आँफुहरुलाई निरन्तर ज्यानको धम्की आउन थालेको वडाध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा बताए ।
इण्डियन गुण्डाहरु प्रयोग गरि निरन्तर ज्यानमार्ने धम्किहरु आउनुमा डाँगी दम्पत्तिको हात रहेको भन्ने दोषारोपन वडाध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारको झण्डै दुई करोड लागतमा १ किलोमिटर मिटर सडक खण्ड अस्फाल प्रबिधिवाट पिच गर्ने गरि काम भइ रहेको छ ।

वडाध्यक्ष लगाएत जनप्रनिधिनिले मुख्य रुपमा दोषारोपन गरि रहेकी शिक्षिका इलिजा वली डाँगीले भने उल्टै वडाध्यक्ष भण्डारी लगाएतका जनप्रनिधिहरु गुण्डागर्दी सैलीमा आँफूमाथि जाइ लागेको बताइन ।

आँफुले रुँदै दुई घन्टा मात्रै समय दिन आग्रह गर्दापनि एकाएक आफ्नो घरको पर्खाल भत्काउने गुण्डागर्दी सैली वडाध्यक्षले देखाएको उनले बताइन ।

वडाध्यक्ष भण्डारी आँफुलाई धम्काउँदै छातिमा धकेलेको तथा वडा सदस्य यमराज केसीले भतिजा रबिन्श डाँगीलाई त्यसैगरि धकेल्दै धम्काएको इलिजाले आरोप लगाइन ।

आँफुले एक इञ्चपनि सरकारी जग्गा नमिचेको तथा आँफुहरु बिकास बिरोधि नभएको पनि उनले फोनमा बताएकी थिइन ।

इण्डियाका गुण्डा प्रयोग गरेको भन्ने आरोपको खण्डन गर्दै इलिजा त्यसबारे अनभिज्ञता प्रकट गरिन । बरु उल्टै वडाध्यक्ष भण्डारी, वडा सदस्य यमराज केसीहरु आँफुहरुलाई तर्साउन खोजिरहेको बताइन ।

आँफुले कसैलाई प्रयोग नगरेकोे उनले बताएकी थिइन । थर्काउनेहरुको पहिचान गरि कारबाही गर्न वडाध्यक्ष भण्डारी लगाएत प्रहरी प्रशासन लाग्नपनि उनले आग्रह गरेकी थिइन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले जनप्रनिधिहरुलाई ज्यानमार्ने धम्कि आएको बारे कटानी जाहेरी नपरेको बताए । उनले ठाडो उजुरीका आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जानकारी दिए ।
उनले ज्यान मार्ने धम्कि वडाध्यक्ष दुजमान भण्डारी (बर्षात)लाई नभइ वडा सदस्य यमराज केसीलाई मात्रै आएको कुरा आँफुलाई उनीहरुले बताएको पनि जानकारी दिए ।

सडक बिस्तार र स्तर उन्नति गर्नका लागि भन्दै शिक्षक शिक्षिकाको घरको पर्खाल भत्काइ दिएपछि बिबाद उत्पन्न भएको र अदालतले स्टे अडर जारी गरि सकेको हुँदा अब त्यसको निरुपन पनि अदालत वाट मात्रै संभव हुने डिएसपी पोख्रेलले बताएका थिए ।
वडाध्यक्ष भण्डारी भने पत्रकार सम्मेलनमा प्रहरी प्रशासनले असहयोग गरेको तथा प्रहरी यात कसैको प्रभाव वा आर्थिक प्रभावमा परेको हुन सक्ने आरोप लगाएका थिए ।

पर्खाल भत्काउनु पूर्व दुई दिन पहिला साउन २७ गते वडा कार्यालयको प्रतिनिधि घरमै गइ सो बारे जानकारी गराइएको र डाँगी दम्पत्तिले त्यसको दुई दिन भित्रै आँफै पर्खाल भत्काउने प्रतिवद्धता गरेको वडाध्यक्ष भण्डारीले दाबी गरे ।

सो अनुरुप काम नभएपछि साउन २९ गते वडाध्यक्षसहितका जनप्रतिनिधि र सयौं स्थानीय डोजर लगेर बिहान ८ बजेतिर डाँगीको घरको पश्चिम तर्फको पर्खाल भत्काइ दिएका थिए । त्यतिखेर डाँगी दम्पत्ति र जनप्रनिधिका साथै स्थानीयका बीचमा बिबाद हुनुका साथै धम्कापक्का पनि भएको थियो ।

त्यसको बिरोधमा त्यसै दिन इलिजा वली डाँगी उच्च अदालत तुलसीपुर पुगेकी थिइन । अदालतले सोही दिन दिउँसो २ बजेतिर स्टे अडर जारी गरि तत्काल डाँगी दम्पत्तिको घरको संरचना नभत्काउन आदेश गरेको थियो ।
अदालतको स्टे अडर पछि भने वडा कार्यालय डाँगी दम्पत्तिको घर आसपासको सडक बिस्तारको काम रोकेर अनेत्र काम गर्न थालेको हो । साउन ३० गते बिहानदेखि नै बिभिन्न भारतिय नम्बहरुबाट आँफुसहित वडासदस्य केसीलाई निरन्तर ज्यानमार्ने धम्कि आउन थालेको वडाध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा बताएका थिए ।

निरन्तर धम्किहरु आउन थालेपछि असुरक्षित महसुश गरि इलाका प्रहरी कार्यालय तुलसीपुरमा भदौ २ गते लिखित रुपमा निबेदन दिएको वडाध्यक्ष भण्डारीले बताएका थिए । नजिकको प्रहरी इप्रकाले कुनै एक्सन नलिएपछि भदौ ७ गते जिल्ला प्रहरी कार्यालय घोराही पुगेर वडाध्यक्ष भण्डारीसहितका ब्यक्तिहरु गइ निवेदन दिएको बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले निवेदन दिन गएका जनप्रनिधिकै सामुन्नेवाट तत्काल इप्रका तुलसीपुरका डिएसपी पोख्रेललाई फोन सम्पर्क गरि घटना अनुसन्धान गर्न आग्रह गरेका थिए । भदौ १७ गते वडाध्यक्ष भण्डारीसहितका जनप्रनिधि प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीलाई भेटेर आँफुहरु माथि इण्डियाबाट निरन्तर ज्यानमार्ने धम्कि आइ रहेको र त्यसबारे प्रहरीमा निबेदन दिदापनि कुनै सुनुवाइ नभएको बेलिबिस्तार लगाइ सुरक्षाको माग गरेका थिए ।


बारम्बार धम्कि आइरहेका भनिएका वडा सदस्य यमराज केसीपनि उपस्थित रहेपनि उनी भने पत्रकार सम्मेलनमा मौन बसेका थिए ।
वडा नं. १८ का वडाध्यक्ष, तुलसीपुरका प्रबक्ता तथा एमाले नगर कमिटी अध्यक्ष माधव वलीको प्रमुख आथित्यतामा भएको पत्रकार सम्मेलनमा अर्की वडा सदस्य देबी पोख्रेलपनि उपस्थित थिइन ।
वडा सचिव मित्रलाल बिकले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *