२०८१ भाद्र २५ गते मङ्गलवार

टरिगाउँ एयरपोर्ट बिस्तारबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइदै

दाङ, भदौ ५ । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट बिस्तार बारे ध्यानाकर्षण गराउने उदेश्यले जिल्लाका जनप्रतिनिधिसहित उद्योगी ब्यबसायीका नेताहरु काठमाडौं पुगेका छन् ।

दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी र नेकपा एमालेका महासचिव शंकर पोख्रेलको पहलमा बिहीबार दिउँसो प्रधानमन्त्रीलाई भेटेर टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्तार बारे ध्यानकर्षण गराउन थालिएको हो ।

काँग्रेस नेता गिरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनका लागि तुलसीपुर र घोराही उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र नरुलाल चौधरी, तुलसीपुर पश्चिमका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका अध्यक्षहरु क्तमश ः शम्भु गिरी, प्रमोद बस्नेत, कुलबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी लगाएतको टिमले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन थालिएको फकरकोणलाई बताए ।

‘ हामीले प्रधानमन्त्री संग बिहीबार दिउँसोको समय पाएका छौं,’ नेता गिरीले भने ‘तर, बिहीबार सदनमा प्रधानमन्त्रीले जबाफ दिने कार्यक्रम रहेको हुँदा केही ढिला गरि भएपनि हामीले संयुक्त रुपमा दाङको टरिगाउँ एयरपोर्ट र जिल्लाको बिकास बारे ध्यानाकर्षण गराउने छौं।’

प्रतिनिधिसभा सदस्य गिरीका अनुसार प्रधानमन्त्री ओलीलाई ऐतिहासिक टरिगाउँ एयरपोर्टको बिस्तार, तुलसीपुर – घोराही चार लेन सडक निर्माण लगाएत जिल्लाको बिकास निर्माणको बारेमा प्रधानमन्त्री निवासमै भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको जानकारी दिए ।

‘दाङलाई बिकासका दृष्टिकोणले धेरै पछाडि पारियो, दाङ हेपिएको महसुश भइरहँदा हामीले जिल्लाका जनप्रतिनिधि र उद्योगी ब्यबसायी संगै गइ ध्यानाकर्षण गराउन खोजेका हौं,’ नेता गिरीले भने ‘ लुम्बिनीको राजधानी दाङमा एउटा भएको एयरपोर्टपनि बिस्तार नहुने कुरा सुहाउने कुरा हुँदै होइन ।’
पछिल्लो टरिगाउँ एयपोर्ट बिस्तार हुने कुरा तुलसीपुरका स्थायी बासिन्दा एमाले महासचिव शंकर पोख्रेलले पनि सार्वजनिक रुपमा ब्यक्त गर्दै आएका छन् । जिल्लामा आउँदा सार्वजनिक कार्यक्रमहरुमा महासचिव पोख्रेलले टरिगाउँ एयरपोर्ट बिस्तार गर्ने बारे आँफु सक्रिय रुपमा लागि पर्ने संकेतहरु गर्दै आएका छन् ।

बिक्रम सम्बत २०११ सालदेखि सञ्चालनमा आइ त्यसको ४÷५ बर्ष पछि नियमित सञ्चालनमा आएको टरिगाउँ एयरपोर्ट पछिल्लो समय लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री छँदा कालोपत्रे भएको थियो । तर, ७५० मिटर मात्रै धावन मार्ग कालोपत्रे गरिएको छ । जस्ले गर्दा तुलसीपुर – १२ स्थित टरिगाउँ एयरपोर्टमा साना १९ सिटे बिमान मात्रै अवतरण गर्न सक्छन् ।

जस्ले गर्दा यात्रुले बाँकेको राँझा बिमानस्थल भन्दा भाडादर महंगो तिर्दै आएका छन् । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरी नेतृत्वको बिमानस्थल बिस्तार सहयोग समितिले प्राबिधिक झिकाएर एयरपोर्टको धावन मार्ग बिस्तार बारे डिटेल सर्भे गरेको थियो । त्यो सर्भे टोलीले दाङको टरिगाउँ एयरपोर्ट बिस्तारमा कुनै समस्या नरहेको प्रतिबेदन तयार पारिएको थियो । त्यो प्रतिबेदनसहित प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउन थालिएको हो ।

धावन मार्ग बिस्तार गरि एटिआरले उडान भर्न सक्ने बनाउने वारे लामो समयदेखि छलफल हुँदै आएको भएपनि त्यसले सार्थकता पाउन सकिरहेको छैन । आर्थिक बर्षको बजेट बक्तब्यमा टरिगाउँ एयरपोर्ट बिस्तारका लागि बजेट छुट्याइएको भनिएपनि बजेट कति छुट्याइएको छ भन्ने बारे स्पष्ट कुरा सार्वजनिक भइ सकेको छैन ।
त्यस्तै तुलसीपुर – घोराही फोरलेन सडक खण्डपनि अलपत्र अवस्थामा छ ।

यो भन्दा पहिले भारतको एक्जिम बैंकको लागतमा सडक बिस्तारको योजना रहेपनि ५ बर्षसम्म १० प्रतिसतपनि कार्य प्रगति नभएपछि गत असारमा सरकारले भारतीय ठेकेदार संगको संझौंता रद्द गरेको थियो । दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रेखा शर्मा खड्का सञ्चार मन्त्री भएपछि ठेक्का रद्द गरि पहिले भत्काइएको सडक टालटुल पारिएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *