२०८१ असोज ४ गते शुक्रवार

दमारगाउँमा इनार सफा गर्न पसेका दुई जनाको निसास्यिर मृत्यु

तुलसीपुर, भदौ ५ । दाङ तुलसीपुरको दमारगाउँमा इनार सफा गर्न भनेर पसेका दुई जनाको निसास्सियर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना किशोर र अर्का युवक छन् ।

तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ बर्षीय मुकेश बिक र ३८ बर्षीय रामबहादुर नेपालीको इनार भित्रै निसास्सियर मृत्यु भएको हो ।
उनीहरु बिहान १० बजेतिर इनारमा पसेका थिए । तर, उनीहरु भित्रै अचेत भएको देखेपछि स्थानीयलाई प्रहरीलाई खबर गरेका थिए ।


खबर पछि प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना प्रहरी घटनास्थल पुगेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ जना परिचालन भएका थिए ।

उनीहरुबाट मात्रै उद्धार संभव नभएपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पवाट रमेश पराजुलीको कमाण्डमा तीन जनाको टोली खटिएको थियो ।


इनार भित्रै फसेका दुई जनाको उद्धार पछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजेतिर अस्पताल पु¥याउनासाथ दुबै जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

दुबै शबहरु पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *