तुलसीपुर, साउन २३ । साउन २७ गते बस्ने कार्यपालिका बैठक पछि तुलसीपुरमा स्थापना गरिएका चार वटा ‘हाइमाष्ट लाइट’मा बिद्युत जडानको प्रक्रिया सुरु हुने भएको छ ।
मेयर टीकाराम खड्काले आउने २७ गते तुलसीपुर उपमहानगरको कार्यपालिका बैठक आह्वान गरिएको र सोही बैठकबाट निर्णय गराई हाइमाष्ट लाइनमा बिद्युत जडान हुने फरककोणलाई बताए ।
पछिल्लो समय केही ढिला गरि कार्यापालिका बैठक बस्न थालेको हुँदा हाइमाष्ट लाइटमा बिद्युत जडान गर्ने प्रक्रिया केही ढिला भएपनि अब प्रतिक्षाको घडी सकिनै लागेको मेयर खड्काले बताए ।
केही दिन पहिले मात्रै मेयर खड्काले अब छिट्टै तुलसीपुरमा स्थापना गरिएका हाइमाण्ट पोलहरुमा बिद्युत जडान गरिने बताएका थिए ।
तर, मेयरले वाचा गरेको समयदेखि दुई हप्ता पुग्नै लाग्दापनि कुनै प्रक्रिया सुरु नभएको बारे चासो राख्दा मेयर खड्काले यो बीचमा कार्यपालिका बैठक नबसेको हुँदा अब २७ गतेको बैठकबाट निर्णय गराई बिद्युत जडानको काम हुने बताएका हुन ।
‘तुलसीपुर राम्रो, शान्त र सुरक्षित बनाउने सवालमा हामी नगरबासी संधै एक ढिक्का हुनु जरुरी छ,’ मेयर खड्काले भने ।
तुलसीपुर उद्योग बाणिज्य संघको तत्कालिन महासचिव विनिल केसीको पहलमा लुम्बिनी प्रदेश सरकारको झन्डै ५१ लाख बढी बजेटबाट तुलसीपुरको गुम्ह्राचोक, बीरेन्द्र चोक, हात्तीखौवा चोक र बिजौरी चोकमा हाइमाष्ट लाइट स्थापना गरेको दुई महिना जति समय पुगि सकेको छ ।
यो पनि :- अब छिट्टै तुलसीपुरका हाइमाष्ट लाइटमा बिजुली जडान हुन्छ – मेयर टीकाराम खड्का