२०८३ मङ्सिर ११ गते बिहिवार

ट्रक पल्टिदा रडले च्यापेका दुई जनाको उद्धार

तुलसीपुर, साउन १७ । ट्रक दुर्घटना पछि रडले च्यापेका दुई जनाको उद्धार भएको छ ।
रड बोकेर गुडिरहेको ट्रक सन्तुलन गुामई दुर्घटनामा परेपछि त्यसका चालक र सहचालकलाई रडले च्यापेको थियो ।

ट्रक पल्टिदा सोही रडले चालक कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका – ५ का ५९ बर्षीय हरिबहादुर खत्री र सोही ठाउँका सह चालक १८ बर्षीय दिलिप थारुलाई रडले च्यापेको थियो । उनीहरु ना ६ ख १६५३ नम्बरको ट्रकका चालक र सहचालक हुन ।


लमहीबाट रड बोकेर घोराही तर्फ आउँदै गरेको उक्त ट्रक घोराही उपमहानगरपािलका – ३ कुइरेपानी नजिक बिहान पौंने ११ बजेतिर दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार सुरुमा चालकको उद्धार भएको थियो भने सहचालकको उद्धारका लागि जेसिबीको प्रयोग गर्नु परेको थियो ।
घाइते चालक र सहचालक दुबै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइ रहेको छ । घाइते दुबैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

ट्रक पल्टिएको खबर पाउना साथ प्रहरी चौकी गोग्लीबाट प्रहरी घटनास्थल तर्फ खटिएको थियो । रडले च्यापेका मध्य सुरुमा प्रहरी र अन्य सर्वसाधारणले चालकलाई केही बेरमै रड पंछाइ उद्धार गरेका थिए । सहचालक दिलिपको उद्धारका लागि भने जेसिबी प्रयोग गरिएको एसपी केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *