तुलसीपुर, साउन ५ । तुलसीपुरका ५० बढीले शनिबार ५० किलोमिटर बढी साइकल यात्रा पुरा गरेका छन् ।
कोरा साइकल च्यालेञ्ज प्रतियोगिता अन्तरगत उनीहरुले तुलसीपुर, दंगीशरण हुँदै शान्तिनगर फन्को लगाइ फेरि तुलसीपुर बजार फर्किएका थिए ।
हरेक बर्ष आजकै दिन देश ब्यापी रुपमा कोरा साइकल प्रतियोगिता आयोजना हुँदै आएको छ । कोरा साइकल यात्रीले मठ, मन्दिर, मस्जित जस्ता धार्मिक स्थलहरुलाई दाँया पारी परिकर्मा गर्ने गर्छन ।
साइकल एसोसियन दाङका अध्यक्ष खुमबहादुर न्यौंपानेका अनुसार
प्रतियोगिताको उदेश्य डोनेट पनि हो ।जति किलोमिटर साइकल यात्रीले यात्रा गर्छन त्यति नै रकम संकलन गरि असहाय, गरिब, दैबिक प्रकोप पीडितलाई सहयोग गर्नु पर्छ भन्ने प्रतियोगिताको उदेश्य हो ।
यात्राका क्रममा साइकल यात्रीलाई तुलसीपुर – ११ का वडाध्यक्ष मानबहादुर रावत, दंगीशरण – ६ का वडाध्यक्ष रोषण जंग शाह र शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्वागत गर्नुका साथै खाजा नास्ताको ब्यबस्थापन गरेका थिए ।
दाङ कोरा २०२४ आयोजना – दिलिप रिकण्डिसन शोरुम, तुलसीपुर सिटी हस्पिटलको सहयोग तथा यूनाइटेड अजोड इन्सोरेन्स लिमिटेड, सैलु मोवाइल हस्पिटल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को वडा कार्यालय, शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाट र दंगीशरण गाँउपालिकाको कार्यालय – ६ नम्बर वडाको सहकार्यमा भएको हो ।
झन्डै १५ बर्षदेखि शारिरीक अभ्यासका लागि साइकल चलाउँदै आएका तुलसीपुरका ब्यबसायी प्रर्बत बस्नेतले साइकिलिङले आफ्नो जीवनमा उर्जा थपेको प्रतिक्रिया दिए । बिगतमा प्यारालाइसिस भएर समस्यामा परेका उहाँले साइकल चलाउन थालेपछि आँफुलाई थेरापीको जस्तै काम गरेको उनले दाबी गरे ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रशासन शाखा प्रमुख रम्मीराज अधिकारीपनि स्पोर्टका रुपमा वा स्वास्थ्यका लागि नियमित साइकल चलाउने उनले आफ्नो श्वास्थ्यका लागि र वातावरणको संरक्षण गर्नुपर्छ भन्ने प्रचारका लागि साइकल चलाउँदै आएको बताए । साइकल चलाउँदा बढो रमाइलो लाग्ने गरेको उनको प्रतृक्रिया थियो ।
साइकल एसोसियन दाङका सचिव तथा तुलसीपुरस्थित सनराइज बैंका म्यानेजर रञ्जन कोइरालाले शारिरीक ब्यायामका लागिसाइकल चलाउन थालेको बताए । साइकल चलाउँदा ब्यक्तिको स्वास्थ्यमा मुख्य फाइदा हुनुका साथै पर्यावरण संरक्षणमा ठूलो सघाउ पुग्ने बताए ।
कोरा साइकल च्यालेञ्ज उद्घानका क्रममा पुगेका तुलसीपुर उपमहानगरपालिकाका नगर सभापति सुरेश हमालले अन्य खेलकुदको तुलनामा दैनिक खर्चपनि कम हुने र शारिरीक अभ्यासका लागि पनि उत्तिकै राम्रो रहेको बताए ।
सभ्यसमाज निर्माण, अनुशासन र वातावरणका दृष्ट्रिकोणले हरेक सहर बजारमा साइकिल संस्कृतिको बिकास हुन अति आवश्यक रहेको हमालले बताएका थिए ।
आन्तरिक पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रशार तथा पर्बधनमा साइकिलिष्टहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
पछिल्लो समय दाङ लगाएत मुलुकका ठूला सहरका ब्यस्त युवा युवती शारिरीक अभ्यासका लागि साइकिलिङ तर्फ आकर्षित हुँदै गएका छन् ।
तुलसीपुरका ५५ जना साइकिलिष्टहरुले शनिबार दाङ तुलसीपुरको अरनिको मैदानबाट यात्रा थालेका थिए । उनीहरुले उत्तरको थारु देवता भूँयार थानको परिक्रर्मा पछि त्रिशिद्धेश्वरी मन्दिर हुँदै तुलसीपुर – १२ र १३ को सीमाना पर्ने बबई नदी स्थित सितलपुरको शिवायलयको परिक्रर्मा पछि फेरि उत्तर फर्किएर उरहरी चोक हुँदै दंगीशरणको बैंबाङ पुगेका थिए । त्यहाँबाट उत्तर शान्तिनगरको जुम्मलेकुला हुँदै फेरि उनीहरु ५५ किलोमिटर बढीको यात्रा तय गरि तुलसीपुुर बजार फर्किएका थिए ।
