२०८१ भाद्र २५ गते मङ्गलवार

शिक्षकले जागिरे मानसकिता त्यागे सामुदायिक बिद्यालयको राम्रो आउँछ – टीकाराम खड्का

तुलसीपुर, असार २४ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले शिक्षा क्षेत्रमा देखिएको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् ।

शिक्षा शाखाले गरेको कक्षा अनुगमनको समिक्षा कार्यक्रममलाई सम्बोधन गर्दै मेयर खड्काले शिक्षामा सामूदायिक र संस्थागतका नाममा हुने विभेदले समस्या सिर्जना गरेको तर्क गरे ।

‘सामुदायिक र संस्थागतका नाममा जसरी शिक्षाको प्रचार गरिएको छ त्यसले विभेद निम्त्याउँछ,’ उनले भने ‘सबै प्रकारका विद्यालय समान हुन भन्ने सन्देश गाउँ गाउँमा पु¥याउन आवश्यक छ ।’

सामुदायिक विद्यालयले दिने शिक्षा संस्थागत भन्दा कमजोर नहुने भन्दै त्यसका लागि शिक्षकले इमान्दारिता देखाउनुपर्ने मेयर खड्काले बताए ।

शिक्षकले जागिरे मानसकिता त्यागेर इमान्दारितापूर्वक पढाएमा संस्थागत विद्यालय भन्दा नतिजा राम्रो दिनसक्ने मेयर खड्काले बताए ।

विद्यार्थीमा पनि पठन संस्कृतिको विकास गराउनु जरुरी रहेको भन्दै त्यसका लागि शिक्षकको दायित्व प्रमुख हुने बताए ।
आधुनिक शैलीमा पठनपाठन गर्न शिक्षकलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सामजिक विकास समितिका संयोजक मानबहादुर रावतले शिक्षक समाजको तेस्रो आँखा भएको भन्दै इमान्दारिताकासाथ आफ्नो दायित्व पुरा गर्न आग्रह गरेका थिए ।
शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जिम्मेवारीपुरा गर्न नसक्ने शिक्षकलाई दण्डित गरिने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *