२०८१ असोज ५ गते शनिवार

घाँटीमा चना अड्किएर ३ बर्षे बालकको मृत्यु

तुलसीपुर , असार १९ । तुलसीपुरको बेलुवामा एक जना तीन बर्षे बालकको घाँटीमा चना अड्किएर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवा बस्ने रुपा घर्तीका तीन वर्षीय छोरा राजेन्द्रको बेलुकी पाँच बजेतिर चना खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको हो ।

बालक बिद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा बुधबार बेलुका ५ बजेतिर घाँटीमा चना अड्किएर निशास्सिएका थिए ।

तत्काल उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी हस्पिटलमा पु¥याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *