२०८१ असोज ४ गते शुक्रवार

नेपाल प्रेस युनियनले सोमबार देशभर महासंघ कार्यालयमा धर्ना दिने


दाङ,असार १६ । नेपाल प्रेस युनियनले भोलि सोमबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए ।

पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भएपछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो ।

बार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले जानकारी दिए ।

प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *