दाङ, असार १५ । गुल्मीमा पहिरोका कारण एकै घरमा पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका – ६ ठाटी पोखरीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठाटीपोखरीका ५५ वर्षीय भेषबहादुर विकको घर पहिरोले पुर्दा उनीसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनीहरु ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको छ ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षा पछि मालिका गाउँपालिका –६ मा खसेको पहिरोले बिकको घर पुरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार