दाङ, असार १३ । चोरीको बुद्धको मुर्तीसहित तीन जना पक्राउ परेका छन् ।
बाँके प्रहरीले बुधबार दिउँसो उनीहरुलाई राप्ती सोनारी गाउँपालिका – ८ ढकेरी शम्शेरगञ्जबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका – १५ का निमबहादुर कवर, रुपन्देहीको तिलोतमा नगरपालिका – ११ का ५० बर्षीय खिमबहादुर कवर र सोही ठाउँकै ५० बर्र्षीया रामु न्यौपाने रहेका छन् ।
पूर्व पश्चिम राजमार्गमा यात्रारत उनीहरु मध्य रुपन्देहीका खिमबहादुरले बोकेको झोला चेकजाँचका क्रममा बुद्धको मुर्तीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीका अनुसार फेला परेको मुर्ती पँहेलो धातु बाट निर्मित छ ।
मुर्तीको अधिकाँस भागमा कालो रङको पालिस लगाइएको अवस्थामा फेला परेको छ ।
ऊं नम ः शिवाया ः लेखिएको मुर्ती पँहेलो धातुको रहेको छ । जस्को पिधको गोलाइ १ फिट ६ इञ्च, पिधदेखि शिरसम्मको उचाइ ९ इञ्च, तौर ८ किलो ६८० ग्राम रहेको छ ।
यो बुद्धि मुर्ती प्राचिन र बहुमूल्य हुन सक्ने आशंका प्रहरीको छ । त्यसको अध्यन तथा परीक्षणका लागि पुरातत्व बिभागमा पठाउने तयारी प्रहरीको छ । मुर्ती कहाँ बाट र कसरी ल्याइएको हो भन्ने बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।