२०८१ असोज ४ गते शुक्रवार

तुलसीपुर अमेलिया सडक खण्डमा असार १७ गतेसम्म कस्ता सवारी चल्न पाउँदैनन्

तुलसीपुर, असार ११ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुर – अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुर तर्फको खण्डमा हाल सडक स्तरउन्नतीको काम चलिरहेको छ ।


राप्ती लोकमार्गको भञ्ज्याङ बबइ सडक खण्डमा सडक कालोपत्रेको कार्य चलिरहेको हुँदा चार पाङग्रे बाहेकका सवारी साधन संचालनमा रोक लगाइएको छ ।

असार ११ गतेदेखि असार १७ गतेसम्म अबदेखि ठूला मालबहाक साधन संचालनमा प्रतिबन्ध लगाइएको छ ।

असार १७ गतेसम्म ठूला मालबहाक सवारी साधनले घुमेर घोराही हुँदै लमही पुगेर मात्रै पूर्व पश्चिम राजमार्गको यात्रा गर्नु पर्ने भएको छ । तर, तुलसीपुर– अमेलिया सडक खण्डमा साना र हलुका चार पाङ्ग्रे सवारी साधान भने संचालन गर्न पाइने छ । जसमा बस, माइक्रो, मिनी बस, मिनी ट्रक, जिप, कार, मोटरसाइकल भने संचालन गर्न दिइएको छ ।

यसअघि सडकको काम गर्न यो सडक खण्ड तीन दिन पूर्ण रुपमा बन्द गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *