दंगीशरण,असार १० । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दंगिशरण गाउँपालिकाले बजेट ल्याएको छ। गाउँपालिकाले सोमबार आगामी आर्थिक बर्ष २०८१/८२ का लागी ४३ करोड,३२ लाख १८ हजारको बजेट सार्वजनिक गरेको हो ।
गत बर्ष ४४ करोड,११ लाख ८२ हजार बिनियोजन गरेकोथियो ।आगामि आर्थिक बर्षमा गतबर्ष भन्दा ७९ लाख ६४ हजार बजेट घटेर आएको दंगीशरण गाउँपालिकाले जनाएको छ ।
दंगीशरण गाउँसभाको १७ औ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले “हाम्रो प्रण समुन्नत दंगीशरण “भन्ने मुल नाराका साथ बजेट प्रस्तुत गरेकि हुन् गाउँपालिकाले आगामि आर्थिक बर्षका लागी शिक्षा,स्वास्थ्य, कृषि श्रम र उधमशिलतालाइ विशेष जोड दिएको छ ।
आगामि आर्थिक बर्षका लागि चालु तर्फ २८ करोड,१४ लाख,६८ हजार बिनियोजन गरीएको छ ।जुन ६४.९७ % हुन आउछ । र पुजिगत तर्फ १५ करोड,१७ लाख,५० हजार बिनियोजन गरीएको छ । जुन ३५.०३ % हुन आउछ ।
शसर्त अनुदान वापत संघीय सरकारबाट प्राप्त हुने रु १६ करोड ९७ लाख,६ हजार संघीय विशेष अनुदान रु १ करोड ८० लाख,संघीय समपुरक अनुदान ५० लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान तर्फको रु ७० लाख र प्रदेश समपुरक अनुदान तर्फको रु ७० बजेट बिनियोजन गरीएको छ ।
संघीय सरकारको सशर्त अनुदान १६ करोड,७९ लाख ६ हजार,संघीय सरकार विशेष अनुदान अन्तरगत १ करोड ८० लाख,संघीय सरकार समपुरक अनुदान अन्तर्गत ५० लाख बिनियोजन गरीएको छ ।प्रदेश सरकार शसर्त अनुदान ७० लाख,प्रदेश सरकार समपुरक अनुदान ७० लाख,बिनियोजन गरीएकोछ भने गाउँपालिकाबाट बिषयगत क्षेत्रका लागि ६ करोड,२४ लाख ८२ हजार बिनियोजन गरीएको छ।
यस्तै आर्थिक बिकाश तर्फ ७२ लाख, ५० हजार,सामाजिक विकासतर्फ ३ करोड ३ लाख ५७ हजार,पुर्वाधार विकास क्षेत्रमा,२ करोड ५ लाख बन बाताबरण तथा बिपद ब्यबस्थापनमा १० लाख ५० हजार,सस्थागत विकास तथा सुशासन क्षेत्रमा ३३ लाख २५ हजार,वडागत विकास क्षेत्रका लागी ३ करोड ५० लाख,समपुरक अनुदानबाट सन्चालन हुने योजनाहरुमा लागत सहभागीताका लागी समपुरक कोषका लागी रु २ करोड,अनिवार्य दायित्व तर्फ १ करोड २२ लाख,गाउँपालिकाबाट संचालहुने योजनाहरुका लागी १ करोड ५५ लाख,बिनियोजन गरीएको छ ।
अर्को गाउँसभा आगामि १७ गते दिनको २ बजे बस्नेगरी स्थगित गरीएको गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिए।