२०८३ कार्तिक ७ गते शुक्रवार

छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


दाङ, जेठ २० । दाङमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनामा आइतवार बेलुका ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिदा दंगिशरण गाउँपालिका वडा नं. ५ सलौरा निवासी ५० बर्षीय भिमबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुरदेखि सल्यानको कालीमाटीको लागि जाँदै गरेको रा १ त १७०७ नम्वरको ट्याक्टरले एकैदिशा तर्फ जाँदै गरेको चौधरी सवार साईकललाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

आइतवार नै घोराहीमा टिप्पर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो । रा १ ख ११३९ नम्वरको टिप्पर घोराही उपमहानगरपालिका वडा नं. १ हर्नौक भन्ने स्थानमा दुर्घटना हुँदा घोराही ३ भैंसकुर्मा निवासी ४० बर्षीय चालक देबबहादुर महराको घटनास्थलमै मृत्यु भएको थियो । घोराही–मुर्कटी सडक खण्ड अन्तरगत चुन ढुङ्गा बोकर झर्दै गरेको घोराही सिमेन्ट उद्योगको टिप्पर झन्डै डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *