२०८३ बैशाख १२ गते शनिवार

नेविसंघद्वारा विद्युत प्राधिकरणको ध्यानाकर्षण


तुलसीपुर, १२ जेठ ।
नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरपालिकाले दैनिक भइरहेको विद्युत अनियमिततालाई हटाउन माग गरेको छ । आइतबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरलाई ध्यानाकर्षणसमेत गराएको छ ।

नेपाल सरकारले लोडसेडिङ मुक्त घोषणा गरिसक्दा पनि विभिन्न बहानामा नेपाल विद्युत प्राधिकरण तुलसीपुरले सर्वसाधारणलाई ढाड सेक्ने गरी झ्यापझ्याप बत्ती काट्ने र ठूला–ठूला कलकारखानालाई बेच्ने प्रविधि अझै पनि नहटेको हँुदा ध्यानाकर्षण गराउन बाध्य भएको नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरपालिकाका संयोजक राजिव पाण्डले बताए ।

नेपाल विद्यार्थी संघले विगतका वर्षहरुमा पनि विद्युत प्राधिकरण तुलसीपुरलाई ध्यानाकर्षण गराउँदा पश्चिमको हाइटेन्सन लाइन जोड्दै छौँ, त्यसले गर्दा यो समस्या आएको भनि आलटाल गरेको थियो अहिले पनि उही समस्या छ, नेविसघंका नेता विदुरराज गौतमले भने । प्राधिकरणले पश्चिमको लाइनको मर्मत कार्य सम्पन्न भईसक्दा पनि पुरानै कार्य यसले दो¥याएको हुँदा नेपाल विद्यार्थी संघ विद्यार्थीहरुको हकहितका लागी नबोली आम नेपाली जनताको पक्षमा भएको नेविसघंका जिल्ला सदस्य किरण केसीले बताए ।

राप्ती बबई क्याम्पसका स्ववियु सभापति अनिल कार्कीले अनलाइन स्टिमले पनि छिटोछरितो ढंगले जनतालाई सेवाको नाममा ठगेको र त्यसबाट पनि जनताले खेप्नु परेको दोहोरो शुल्क तिरेर मारमा पर्नुपरेको बताए । विद्युत वितरण केन्द्र तुलसीपुरका शाखा अधिकृत पुष्पलाल मल्ललाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल लो भोल्टेज र छिन–छिनमै विद्युत जाने समस्याका कारण साना तथा ठूला उद्योगहरु सबैभन्दा मारमा परेको भन्दै यो समस्या तत्काल हल गर्न नेविसंघले आग्रह गरेको छ ।

उक्त अवसरमा बोल्दै अधिकृत मल्लले १, २ दिन पहिलेसम्म विद्युत धेरै काटिने समस्या भएको र अब त्यो समस्या समाधान भएको बताए । उनले बाहिरी स्टिमका कारणले गर्दा धेरै बत्ती गैरहने बताए । ग्राहकले आफ्नो समस्याका कारण ईसेवामार्फत बुझाएको रकम ग्राहकको विद्युत प्राधिकरणमा जम्मा भई दोहोरोरुपमा महशुल बुझाउन बाध्य भएका छौँ, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यस क्षेत्रमा यस्तो समस्या वर्षौंदेखि छ’, हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौं’, यदि तीन दिनभित्रमा यो माग समाधान नभएको खण्डमा कडाभन्दा कडा आन्दोलनमा जाने नेविसंघले चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *