तुलसीपुर, बैशाख १४ । विमाले जीवन सुरक्षित हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । नेपाल इन्स्योरेन्सको आयोजनामा तुलसीपुरमा सञ्चालन भएको ३ दिने निर्जिवन विमा अभिकर्ता तालिमको समापन कार्यक्रमका बक्ताहरुले त्यस्तो कुरा बताएका हुन ।
तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले विमाले मानव जीवन सुखद र सुरक्षित हुने तर्क गरिन ।
सरकारले उदेश्य पुरागर्न कृषि र पशु विमा गाउँमा पुगेर बनाउन सहयोग पुगोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल इन्स्योरेन्स शाखा तुलसीपुरका कैलाश चन्दले जानकारी दिए ।
विमाको महत्व वारे आम सर्वसाधारण र कृषिकमा जनचेतना जगाउने उद्देश्यले तालिमको आयोजना गरिएको प्रशिक्षक हरिहरमान सिहं बस्नेतले बताए । ३ दिन सम्म चलेको तालिममा दाङ,सल्यान र बुटवलका गरि ३७ जनाको सहभागीता रहेको थियो । समापन कार्यक्रम चित्रबहादुर डाँगीको स्वागत मन्तवयबाट सुरु भएको थियो भने सहजीकरण नेपाल इन्स्योरेन्स तुलसीपुर शाखाका शाखा प्रमुख विबेक चन्दले गरेका थिए ।