लिलाधर वली,
दाङ, बैशाख १४ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न दाङ प्रहरीले सात दिने ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम लागु गरेको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘ठाउँको ठाउँ सुधार कार्यक्रम’ सुरु गरिएको हो ।
जिल्लामा ट्राफिक नियम सम्वन्धी सचेतना फैलाउने उद्देश्यले ट्राफिक सप्ताह अन्तर्गत ठाउँको ठाउँ सुधार कार्यक्रम लागु गरिएको प्रहरीले जनाएको छ । ठाउँको ठाउँ सुधार कार्यक्रमको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन । शनिवार बिहान घोराहीको तुलसीपुर चोकमा एक कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी कार्यक्रमको नगर प्रमुख चौधरीले उद्घाटन गरेका हुन ।
सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका अध्यक्ष बिष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले सप्ताहको उद्घाटन गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।बढ्दो जनसंख्या, सवारी साधानको वृद्धि र साधुरा सडकका कारण सडक दुर्घटना हुने गरेको भन्दै नगर प्रमुख चौधरीले न्यूनीकरणका लागि ती समस्या समाधान गर्नुपर्ने बताए । त्यसका लागि घोराही उपमहानगरपालिका तयार रहेको भन्दै ट्राफिक सप्ताह अभियानलाई सफल बनाउन समेत सवैको सहयोग आवश्यक रहेको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले सडक सुरक्षामा ध्यान दिनुपर्ने बताए । सडक सबैको साझा सम्पति भएको भन्दै जिल्ला प्रहरी प्रमुख पाण्डेले सडकको संरक्षणसँगै प्रयोगमा हरेक नागरिकले ध्यान दिनुपर्ने बताए ।
त्यस अवसरमा ¥याली समेत निकालिएको थियो । ट्राफिक सचेतना लेखिएका व्यानर तथा प्लेकार्डसहितको ¥चाली घोराहीको तुलसीपुरचोकवाट सुरु भएर बजार परिक्रमा गरेको थियो । ¥यालीमा स्कुले विद्यार्थी, नेपाली प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, अटो चालकलगायतका नागरिकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके शीतलले गरेका थिए ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरु गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले जानकारी दिए । सडक दुर्घटना न्यूनीकरण सम्वन्धी विभिन्न संघसस्थाहरुसँग समन्वय गरेर जिल्लाका विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गरिने कुवँरले जानकारी दिए । त्यस अवसरमा घोराही उपमहानगरपालिकाले जिल्ला ट्राफिक प्रहरीलाई उपलव्ध गराएको मापासे चेक गर्ने मेसिन बे्रथलाईजरको समेत प्रयोग गरिएको थियो ।
त्यसअबसमा बोल्दै जिल्ला ट्राफिक प्रहरीले कार्यालय दाङका प्रमुख मदन कुवरले वितेको एक बर्षमा दाङमा २ सय ३ वटा दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ ।