२०८१ बैशाख ७ गते शुक्रवार

पतिले आगो लगाउँदा गम्भीर घाइते पत्निको मृत्यु

काठमान्डौं, बैशाख १३ । पतिले लगाएको आगोका कारण गम्भीर घाइते बनेकी सिराहा कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ।

काठमान्डौंको साँखुस्थित शुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत शुक्रवार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी मण्डलको मृगौलाले पनि काम गर्न छोडेपछि मृत्यु भएको जानकारी दिइएको छ । उनको पूरा शरीरको ८० प्रतिशत भाग जलेको थियो।

कञ्चनलाई सुरूमा उपचारका लागि विपी कोइराला मेमोरियल अस्पताल धरान र त्यसपछि काठमाडौंको साँखु पुर्याइएको थियो।

आगो लगाउने मण्डलका पति चेतन मण्डल भने फरार रहेको प्रहरीले बताएको छ । प्रहरीले मण्डलकी सासू सुर्जी खत्वेलाई भने पक्राउ गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *