दाङ , बैशाख १३ ।दाङको लमहीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका वडा नं. १ नर्तीस्थित ढावा होटल पछाडि स्थानीय ४० बर्षीय बिष्णुप्रसाद खरेल मृत अवस्थामा फेला परेका हुन ।
खरेलको कालगतिले मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डिएसपी विनोद बिक्रम शाहले जानकारी दिए । यद्यपी घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार