२०८२ माघ ३ गते शनिवार

बाँदर धपाउन गएका एक ब्यक्तीको भिरबाट खसेर मृत्यु

तुलसीपुर,भदौ ७ । मकै बारीमा पसेका बाँदर धपाउन गएका एक ब्यक्तीको भिरबाट खसेर मृत्यु भएको छ ।

बुधबार विहान १० बजेतिर दाङको बबई गाउँपालिका वडा नं. ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको हो ।

स्थानीय राजीखहरे खोलामा खसेर उनको मृत्यु भएको उनका भाइ गणेशबहादुर सुनारले बताए ।

सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछी आफन्तको जिम्मा लगाईएको छ । पश्चिम दाङमा बाँदर र बदेलले मकै सखाप बनाउने गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *