२०८२ माघ १ गते बिहिवार

कुटपिटबाट घाइते एक युवाको मृत्यु,पाँच जना पक्राउ


रुकुम पूर्व ,भदौ ५ । कुटपिटबाट घाइते भएका एक युवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर– ५ का ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र २५ वर्षीय हस्तबहादुर बुढा मगर रहेका छन् ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनीहरुले भदौ १ गते भूमे गाउँपालिका–५ का २८ वर्षीय अन्जान बुढा मगरलाई कुटपिट गरेर घाइते बनाएका थिए । अन्जान मछेनाको गोठबाट घरतिर फर्कने क्रममा पाँच जना युवाको आक्रमणमा परेका थिए । उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोमा अस्ति ३ गते मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जनालाई ज्यान सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिजो रुकुमकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *