२०८१ बैशाख १३ गते बिहिवार

लाईसेन्स प्राप्त नौजनाले हतियार बुझाए


दाङ, ११ बैशाख ।
असुरक्षित महशुस भएको भन्दै दाङमा ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको समयमा असुरक्षित भएको भन्दै ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी क्षेत्रका ९ जना व्यक्तिहरुले बैधानिक हतियार बुझाएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । विप्लव समूहको नेकपाको गतिविधिलाई मध्यनजर गर्दै सरकारले अवैध हतियारहरु प्रहरीमा बुझाउन ३५ दिने सूचना जारी गरेको थियो ।

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै आफ्नै हतियारका कारणले असुरक्षित भएको महशुस भएको भन्दै ९ जनाले भरुवा बन्दुक बुझाएको एसपी पाण्डेको भनाई छ । ३५ दिनमा अन्य ४ थान अवैध हतियार संकलन भएको प्रहरीको भनाई छ । शान्तिनगर गाउँपालिका वडा नम्बर २ का विभिन्न गाउँबाट ४ नाल हतियार संकलन भएको एसपी पाण्डेले जानकारी दिए । अपेक्षा गरिए अनुसार हातहतियारहरु संकलन नभएको र अब फेला परे कानुन बमोजिम कारवाही हुने उनले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *