डि.आर.एन.
तुलसीपुर (दाङ), १० बैशाख ।
तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाले जेठ १ गतेदेखि आफ्ना ग्राहकलाई ई–सेवाबाट सेवा प्रदान गर्ने भएको छ । ई–सेवा प्रणाली लागू गर्न लागेको संस्थाले मंगलबार ई–सेवासँग सहमति गरी आफ्नो सेवालाई ईन्टरनेट प्रविधिसँग जोड्न लागेको हो ।
संस्थाका सचिव मनोज लामिछानेको संयोजकत्वमा ई–सेवा लागू गर्न लागिएको सदस्य रञ्जनराज गौतमले जानकारी दिए । ई–सेवा प्रणाली सुरु भएपछि अब सम्पूर्ण ग्राहकहरुले घरमै बसेर पनि खानेपानीको महशुल तिर्न सक्ने लामिछानेले जानकारी दिए । ईसेवाको तर्फबाट बजार प्रमुख कमल सापकोटा र खानेपानी संस्थाबाट सचिव मनोज लामिछानेद्वारा हस्ताक्षर भई सहमति भएको हो ।
प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार