२०८१ बैशाख ८ गते शनिवार

दुईजनाको हत्या गर्ने व्यक्ति २२ बर्षपछि पक्राउ


दाङ, बैशाख १० ।
एकैदिन दुईजना व्यक्तिको हत्या गर्ने एकजना व्यक्तिलाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ जबरपुर निवासी लवध्वज शाही र धु्रवध्वज शाहीलाई कतव्र्य गरी हत्या गरेका सोही ठाउँका ४६ बर्षीय देशु चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

चौधरी घरमै लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहले जानकारी दिए । चौधरीले शाहीद्वयलाई २०५४ साल असोज २५ गते साँझ बाटोमा हिडिरहेको बखत कतव्र्य गरी हत्या गरेको अदालतले ठहर गरेको छ ।

भुपेन्द्रध्वज शाहीको जाहेरीको आधारमा दाङ देउखुरी जिल्ला अदालतले २०६६ साल जेठ २० गते चौधरीलाई दुईजनाको हत्यामा कसुरदार ठहर गर्दै २० बर्ष कैद फैसला सुनाएको थियो । त्यसयता चौधरी फरार रहँदै आएका थिए । प्रतिवादी चौधरीलाई मंगलबार नै प्रहरीले अदालतमा पेश गरी अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *