२०८२ जेष्ठ ४ गते शुक्रवार

करणी अभियोगमा एकजना पक्राउ


दाङ, बैशाख १० ।
बालिकामाथि जबरजस्ती करणी अभियोगमा घोराहीबाट एकजना पक्राउ परेका छन् । पीडित बालिकाको परिवारको जाहेरीका आधारमा घोराही उपमहानगरपालिका–१५ निवासी ४४ बर्षीय ऋषिराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपि बेलबहादुर पाण्डेले आचार्यले राप्ती गाउँपालिका–२ बस्ने ११ बर्षीया बालिकालाई गत असोजदेखि फागुन महिनासम्म विभिन्न मितिमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको जानकारी दिए । बालिकाको दिदीले प्रहरी समक्ष उक्त जाहेरी दिएपछि प्रहरीले आरोपित आचार्यलाई पक्राउ गरेको हो ।

आचार्यमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए । दाङ देउखुरी जिल्ला अदालतले आचार्यलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *