२०८१ भाद्र २६ गते बुधवार

कार्य सम्पादनको ज्ञान बढाउदै कर्मचारी र जनप्रतिनिधि


दाङ, बैशाख १० ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ ले कार्य सम्पादनमा छिटोछरितो ल्याउन कर्मचारी र जनप्रतिनिधिहरुलाई क्षमता बृद्धिको कार्यक्रम सञ्चालन गरेको छ । नागरिकहरुले पाउने सेवा सुविधा र वडा कार्यालयले गर्ने दैनिक कार्य सम्पादनमा चुस्तता ल्याउन तालिमको आयोजना गरेको हो । सोमबारदेखि सुरुभएको तालिम ११ गतेसम्म सञ्चालन हुने छ ।

वडा कार्यालयले प्रवाह गर्ने सेवा सुविधालाई छिटोछरितो कसरी बनाउन सकिन्छ र प्रविधिसँग जोडिएर गरिने कार्य सम्पादनलाई सहज बनाउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष माधवप्रसाद चौधरीले जानकारी दिए । तालिमको उद्घाटन गर्दै नगर प्रमुख नरुलाल चौधरीले सक्षम कर्मचारी र जनप्रतिनिधीले मात्रै सरकारको लक्ष्यलाई पूरा गर्न सक्ने भन्दै जिम्मेवारी अनुसारको काममा पारदर्शीता ल्याउन आग्रह गरे ।

समय अनुसारको सीप, ज्ञान र क्षमताको अनिवार्य विकास हुनुपर्नेमा जोड दिदै उनले जनताको सेवक भएर जिम्मेवारी पूरा गर्न आग्रह गरे । व्यक्तिलाई लागेको भरमा भन्दा कानुन बुझेर मात्रै काम गर्न आग्रह गर्दै उनले सिप, ज्ञान र क्षमता विकास अनिवार्य भएको उल्लेख गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले समय अनुसारको सिप ज्ञानले मात्रै सेवालाई गुणस्तरीय बनाउन सकिने बताए ।

कानुन र विधिभन्दा बाहिर गएर कुनै पनि काम गर्न नहुने भन्दै बुझेर मात्रै काम गरे पारदर्शीता आउने धारणा राखे । प्रविधिका बारेमा अनिवार्य ज्ञान अबको आवश्यक भएको उनको भनाइ छ । तालिममा कम्प्युटरबाट प्रदान गरिने सेवा, लेखा प्रणाली, बजेट तथा योजना कार्यान्वयन लगातयका विषयमा प्रशिक्षण दिईने सूचना प्रविधि अधिकृत विमल अग्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *