२०७७ कार्तिक १५ गते शनिवार

निर्माणाधिन ईनारमा खसेर मृत्यु


दाङ, बैशाख ९ ।
निर्माणाधिन ईनारमा खसेर एकजना युवाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रामा निर्माणाधिन ईनारमा खसेर सुनसरी जिल्लाको ईनरुवा नगरपालिका वडा नम्बर ५ बलाहा निवासी २० बर्षीय रञ्जित महतोको मृत्यु भएको हो ।

महतो सोमबार दिउँसो ३ बजेतिर ईनारमा रिङ हाल्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए । ईनारको पानीमा डुबेका महतोलाई उद्धार गरि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *