२०७७ कार्तिक ९ गते आइतवार

अमेलिया सडक खण्डमा एउटा हायसमा आगजनी

शरद रेग्मी,
दाङ, वैशाख ६ । दाङमा अज्ञात समुहले रोकिराखेको हायस गाडिमा आगजनी गरेको छ । तुलसीपुर अमिलिया सडक खण्डमा रोकि राखेको बा ३ ख ८५९३ नम्बरको गाडिमा अज्ञात समुले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

विग्रिएर जंगलमा रोकि राखेको उक्त हायसलाई विहीवार राति अज्ञात समुहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । दाङको तुलसीपुर बाट नेपालगञ्ज तर्फ जाँदै गरेको उक्त गाडि विग्रिएपछि बेलुका ८ बजेतिर बीच जंगलमै पार्किङ गरेर राखिएको थियो ।

गाडिमा विहीवार मध्यराततिर आगजी भएको प्रहरीले अनुमान गरेको छ । ईलाका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले घटनावारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *