२०८२ पुष ३० गते बुधवार

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा रोक लगाउन माओवादी केन्द्रको माग

तुलसीपुर,साउन २ । नेकपा माओवादी केन्द्र तुलसीपुर उपहानगरपालिका वडा नं.१८ घनावस्ती बीच संचालनको तयारीमा गरिएको फोहोर प्रशोधन केन्द्र सचालनको रोक लगाउन माग गरेको छ ।

माओवादी केन्द्रले मंगलवार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । उपमहानगरपालिकाले फोहोर प्रशोधन केन्द्र संचालनको नीजि व्यापारिक कम्पनी संस्था ईरेक नेपाललाई जिम्मा लिएको छ ।

इरेक नेपालले उपमहानगरपालिकाको वडा नं. १८ मनिकापुर स्थित बस्तीबीचको खरकट्टीमा प्रशोधन केन्द्र संचालनका लागि यही असार २५ गते सीमित व्यक्तिहरु छलफल गरी मानववस्तीबीचमा फोहोर प्रशोधन तयारी गरेकाले वस्तीबीचको फोहोर प्रशोधन केन्द्रले नागरिक स्वास्थ्यमा असर पार्ने भएकाले यस्तो नगर्न प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

नेकपा माओवादी केन्द्रका तुुलसीपुर उपमहानगरपालिका वडा नं. १८ अध्यक्ष लोकबहादुर बहकरी र सचिव डिल्ली बहादुर ददेलले विज्ञप्ती जारी गर्दै सीमित व्यक्तिहरुको स्वास्र्थमा नागरिक स्वास्थ्यको कुनै प्रवाह नगरी मानव वस्तीबीचको चौरमा फोहोर थुर्पान लागिएकाले यो काम तत्काल रोक्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *