दाङ, वैशाख ४ । राप्ती राजमार्ग अन्तरगत राम्री मोड काट्न क्रम सुरु भएको छ । गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको भिरमा पटकरपटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्ष पछि राम्रीको मोड काट्न टेन्डर थालिएको हो ।
यही ठाउँमापुस ६ गते भएको बस दुर्घटनामा परी राम्रीमा १९ विद्यार्थी, २ शिक्षक र चालक र सहचालक गरी २३ जनाको मृत्यु भएपछि प्रहरीले त्योबारे बुझ्न छानबिन समिति गठन गरेको थियो। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीमा पटकरपटक दुर्घटना हुने गरेको निष्कर्ष निकाल्दै त्यहाँको ढिस्को काट्न सुझाएको थियो।
मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराही दाङले त्यही आधारमा मोड काट्न टेन्डर आह्वान गरिएको बताएको छ ।
उज्वल निर्माण सेवाका दिपक न्यौपानेले कामको जिम्मा लिएका छन् । सडक डिभिजन कार्यालय घोराही दाङकी सूचना अधिकारी क्षितिज पोखरेलले राप्ती राजमार्ग अन्तरगत अमेलियाको भञ्ज्याङदेखि चोरखोला सम्मको मोडहरू फराकिलो बनाउने झन्डै १ करोडमा टेन्डर आह्वान भएको जानकारी दिइन्। तर सबभन्दा पहिला राम्रीको मोडमा रहेको ढिस्को काट्ने काम सुरू गरिएको उनले जानकारी दिइन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको भिरमा पटक÷ पटक दुर्घटना हुँदै आएको छ । यही भिरवाट पछिल्लो चैत मध्यतिर ना ६ ख ५४१४ नम्बरको ट्रक खसेको थियो । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त ट्रक राम्री भिरबाट खसेपछि टुक्रा टुक्रा भएको थियो । तर चालकले समयमै हाम फालेका कारण कुनैपनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
त्यही राम्री भिरमा विगतका वर्षमा एउटा मोटरसाइकल र एउटा ट्याक्टर पनि दुर्घटनामा परेका थिए। ती साधनका अवशेष अझैंपनि जंगलमै अड्केको अवस्थामा छन् ।