२०८१ फाल्गुन ७ गते बुधवार

बाँकीबेटारपुर विद्यालयलाई गाउँपालिकाले कम्युटर र प्रोजेक्टर दिदै

दाङ,वैशाख ३ । दंगीरशण गाउँपालिका वडा १ एक स्थित आधारभुत बिद्यालय बाँकीबेटारपुरमा प्रोजेक्टर प्रबिधिबाट पढाई हुनेभएको छ । बिद्यालयको ५८औँ अभिभावक भेलाले बिद्यालयको शैक्षिक गुणस्तर सुधार्ने अभयिान अन्तरगत प्रोजेक्टरबाट पढाई संचालन गर्ने निर्णय गरेको हो ।

त्यसकालागि गाउँपलिकाले ३ वटा कम्युटर र एक थान प्रोजेक्टर उपलब्ध गराउने भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर बिष्टको अध्यक्षतामा भएको अभिभावक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बिद्यालयलाई तीन थान कम्युटर र एक थान प्रोजेक्टर गाउँपालिकाले दिने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्ष चौधरीले परिणाम देखिनेगरी शैक्षिक स्तर सुधार्ने बिद्यालयलाई गाउँपालिकाले आर्थिक सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता जाहेर गरेका छन् । बिशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष पिमा खड्काले सामुदायिक बिद्यालयले शैक्षिक गुणस्तर सुधार्न नसके समाज अध्याँरोतिर धकेलिने भन्दै अभिभावक र शिक्षक मिलेर शैक्षिक गुणस्तर सुधार्नुपर्ने बताइन । वडा नम्वर १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरीले शिक्षकका कारण सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्दै कर्तव्यपालना नगर्ने शिक्षकको अन्यत्र सरुवा गरिने चेतावनी दिए ।

अभिभावक भेलामा शिक्षक अभिभावक संघका अध्यक्ष हरि विक,बिद्यालयका पूर्व बिद्यार्थी गणेश आचार्य,लक्ष्मण केसी लगाएतकाले सरकारी बिद्यालयको गुणस्तर सुधार्दै धनि र गरिबबीचको शैक्षिक खाडल पुर्नेपर्नेमा बताएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *