दाङ ,बैशाख ३ । राप्ती अंचल सार्बजनिक यातायात ब्यबसायी समितिले यात्रुहरुको सुविधाको लागि टिकेटमा औषधी उपचार गर्दा छुट पाउने व्यवस्था गरेको छ ।
समिति बाट कुनैपनि रुटहरुमा यात्रा गर्दा काटेको टिकेटमा उपचार गर्दा छुटको ब्यबस्था गरिएको उक्त समितिले जानकारी दिएको छ । राप्ती समितिको टिकेट काटेर यात्रा गर्ने यात्रुलाई काठमान्डौं रहेको मेट्रो हस्पिटल प्रालिमा उपचार गराउँदा दस प्रतिसत छुट पाउने ब्यबस्था गरिएको समितिका अध्यक्ष सुरेश हमाले जानकारी दिए ।
राप्ती समितिका अध्यक्ष हमाल र मेट्रो हस्पिटलका सञ्चालक प्रकाश वलीका बीचमा भएको भनिएको सहमति अनुसार अबदेखि हस्पिटललले दिने सेवाहरु जस्तै ओटी,अप्रेसन, आईसियुलगायतका सबै सेवाहरुमा बिरामीलाई एक पटकमा दस प्रतिसतसम्म छुट दिने सहमती भएको हो ।
समितिका प्रेस सल्लाहाकार शरद रेग्मीले दिएको जानकारी अनुसार राप्ती समिति र हस्पिटलका बीचमा एक बर्षका लागि यस्तो सम्झौंता भएको छ ।